शर्मिला श्रेष्ठ को पाँच मुक्तक

शुक्रबार, असाेज २, २०७७
0
242

मुक्तक(१)

भोका चुलाहरू मा आगो भएर जल्न पाए हुन्थ्यो
अध्यारा विचारहरु मा दियो झैं बल्न पाए हुन्थ्यो
अन्याय , अत्याचार बिरुद्ध कलम चलाउन सकुॅ
साहित्यका अक्षरहरू कोर्दा कोर्दै ढल्न पाए हुन्थ्यो ।।

मुक्तक(२)

दिलमा ठाउँ देऊ काे संदेश पठायाै हर्षित भएँ म
छिन्नभिन्न हुनै लागेकाे मुटु बचायाै हर्षित भएँ म
तिम्राे माया घरिघरी फर्केर नआउने त्याे डर थियाे
मेराे प्रेम बिना बाँच्नै सक्दिन जतायाै हर्षित भएँ म।

मुक्तक (३)

तिमी प्रतिसाेध गर्दै गर ,म साथ दिदै रहन्छु
तिमी पन्छिन खाेज टाढिदै ,म हात दिदै रहन्छु
सत्यता एकदिन अवस्य तिम्राे सामु आउनेछ
तिमी औल्याई राख तिक्तता म मान दिदै रहन्छु।

मुक्तक(४)

सात समुन्द्र पारी उनी रुन्छन् वारी म
त्यहि पानी हाे उनी पारी छुन्छन् वारी म
हे भगवान् कस्ले पुछिदेला आशु उन्काे
भक्कानिदै राेए कसले सुन्छन् वारी म।

मुक्तक (५)

कुकरमा पानी पनि पाक्छ कि अजमाएकाे धेरै भाे
तिहुन तरकारी बिना कराई भाेकाएकाे धेरै भाे
दाल मासु नभएनि सिट्टि दिदाेरहेछ पाकें भन्दै
त्यै पाकेकाे पानी पेटभरी मात्र अटाएकाे धेरै भाे ।

शर्मिला श्रेष्ठ
ललितपुर,भैंशेपाटी
हाल अमेरिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here