डि पि दोभान को मन छुुनेे गजल

शुक्रबार, असाेज २, २०७७
0
138

म मात्रै बद्-मासि तिमिले जवानी फिजाएर हो
सारा सहर मधु-मासमा दिउँसै निदाएर हो

प्यासमा बद्नामी बनायो दुनियाँ नजरले
रहरमै त्यो अधरले रसराग मिसाएर हो।

जलाई मन बनायो खरानी मुस्कान चलायौ
परेली रसाई प्याला भरी नयनले चिहाएर हो

नजर देखि नजर दुरि बनाएकै हो नि
ओठसँगै योवन अनि मन सिलाएर हो

म त डराई प्यार देखि भागेकै थिए;
तिम्रै काम अस्र तिर मुुुुुटुमा बिझाएर हो।

डी पी दोभान
लम्कि; कैलाली
हाल:- क्वालालम्पुर; मलेसिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here