गण्डकी गाउँपालिकाको छैटौ गाउँसभाको बैठक आउदो असाेज १० गतेका लागि आव्हान

मङ्लबार, असाेज ६, २०७७
0
178
गण्डकी गाउँपालिका, गाेरखा

गाेरखा । गोरखाको गण्डकी गाउँपालिकाको छैटौ गाउँसभाको बैठक आउदो असाेज १० गतेका लागि आव्हान गरिएकोे छ । गाउँपालिकाको केन्द्र बिबादका कारण गएको असार १० गते भित्र सम्पन्न भइसक्नु पर्ने गाउँसभाको बैठक आउदो कात्तिक १० गतेका लागि आवहन भएकोे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले जानकारी दिए ।

‘ गाउँसभाको बैठक स्थगित गर्ने बोलाउने अधिकार गाउँपालिकाका अध्यक्षलाई नै हुन्छ,उनले भने, त्यसैका आधारमा अध्यक्षले गाउँसभाको बैठकको मिति तय गरेका हुन ।’ गाउँसभाका लागि सवै तयारी रहेको समेत प्रमुख प्रशासकिय अधिकृत गुरुङले बताए। ‘बजेट नीति तथा कार्यक्रमदेखि लिएर सवै तयारी भइसकेको छ, उनले भने ।

कार्यपालिकाको बैठक ९ गतेका लागि डाकिएको छ, कार्यापालिकाको त्यही बैठकले बजेट नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिनेकाम गर्छ । कार्यपालिकाको अघिल्लो बैठकले बजेट बिषयमा करिब करिब टुङगो लगाइ सकेको बताए  । गाउँसभाले बजेट नीति तथा कार्यक्रम ल्याउन नसक्दा योजना कार्यान्वयन ठप्प भएको वताए  । त्यस्तै कर्मचारीको तलब भत्ता लगायतका प्रशासनिक कार्य समेत गर्न समते समस्या हुदै आएको प्रमुख प्रशासकिय अधिकृत गुरुङको भनाई छ । ‘कर्मचारीको तलब भत्तादेखि लिएर सवै कुरा रोकिएका छन्, उनले भने  खर्च गर्ने बाटो नै बन्द भएको छ । गण्डकी प्रदेशका सबै पालिकामा यसअघि नै परिषद भैसकेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here