हेरेका छौँ एकनास ऐनामा के सोचेका छौँ
यौवन देखिन्छ आँखामा के सोचेका छौँ
आउ बरु नौनी बनेर आगोको सामु बस
चुम्बन गरिदिउला गालामा के सोचेका छौँ
कुरा बुझ दिलको मान्छे दिलमा बस्नुपर्छ
पोखेका छौं बैँस बालुवामा के सोचेका छौँ
मौकामा हिरा फोर्नु यो मौका मिल्दैन सधैं
आज भनिदेउ कुरै कुरामा के सोचेका छौँ
जिन्दगीमा हर अप्ठ्यारा सामना गर्नुपर्छ
हिड्दै गर्दा जीवन यात्रामा के सोचेका छौँ
गीता अधिकारी
कास्की पोखरा हाल हङकङ






