सरिता कठायत ‘सुप्रिया’ को पाँच मुक्तक

सोमवार, असाेज १२, २०७७
0
414

उसले मेरो मुटुमा मैदान बनाउन खोजेपछिको कुरा हो । बार्गेनिङ गर्ने दोकान बनाउन खोजेपछिको कुरा हो ।।
मैले सम्बन्धलाई विश्राम त्यसकारण दिएको ।
प्रत्येक दमन समाधान बनाउन खोजेपछिको कुरा हो ।।

बाच्नु होस् केके देखिन्छन् यी आँखा अगाडि ।
मुटु मैदान बनाई टेकिन्छन् यी आँखा अगाडि ।।
माया प्रेमको प्रलोभनमा पारेर प्रेमिले ।
हत्या गरि घाँटी नै रेटिन्छन् यी आँखा अगाडि ।।

तिमी दिनको किरण वन वा रातको जुन बन ।
मलाई प्रवाह छैन पितल बन वा सुन बन ।।
मेरो नजरमा एकरत्ति पनि ठिक छैनौं ।
लाखौंको नजरमा तिमी करोडौंको गुन बन ।।

खाडीमा गएको दाइलाई सम्झेर रून्छिन् आमा ।
असीडिग्री तापक्रम सुन्दा भावविह्वल हुन्छिन् आमा ।।
संसारमा आमाको जस्तो अम्मर माया कस्को हुन्छ र ।
घरिघरि सम्झनामा तिम्रो तस्बिर छुन्छिन् आमा ।।

फुटेको छ मुटु टुक्राटुक्रा हुनेगरी ।
टुटेको छ मुटु टुक्राटुक्रा हुनेगरी ।।
प्रिय भनौं वा दोस्मन भनौं म ।
लुटेको छ मुटु टुक्राटुक्रा हुनेगरी ।।

सरिता कठायत सुप्रिया
दिपायल , सिलगढी हाल सेती प्राबिधिक शिक्षालय दिपायल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here