असोज १२, गोरखा ।
उपचारका लागि भरतपुर गएका गोरखाका शहिद लखन १ बक्राङ कुसुण्डेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
शहिद लखन गाऊँपालिका वडा नम्वर १ कसुण्डेका ५६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।






