बेथिति नियन्त्रणमा पुर्ण असफल देखियो
भागवन्डाको लागी मात्र छलफल देखियो
थरीथरीका सिद्धान्त र वाद नचाहिने रैछ
समाजबाद साम्यवाद सवै कमसल देखियो
गर्ने मान्छेले काम गरेर देखाई सकेका छन
चार बर्षमा नै सारा नेपाल झलमल देखियो
न सरकार, न भैदियो प्रतिपक्षी गतिलो यहाँ
मिलिजुली खाने भ्रष्टहरुको दलदल देखियो
अनेक प्रलोभन देखाएर भड्काए जनलाई
आखिर देश र जनता माथी नै छल देखियो !!
लेखनाथ खनाल “अंकुर”,
अर्जुनचौपारी-६ दरौं स्याङ्जा !






