मुक्तक १
बिना दर्शन प्रभुकाे बिहानी हुँदैन,
आँसुले नधाेएकाे सिरानी हुँदैन।
खै के हुने हाे भविष्य डर पाे लाग्छ,!
लाग्छ हजुर बिना जिन्दगानी हुँदैन।
मुक्तक २
कहिले काल्नाे अनि कहिले आली दुख्याे ,
कहिले मेची काेशी अनि कहिले काली दुख्याे।
सगरमाथा अनि बुद्धकाे देश भन्छाैँ मात्र,
हेर्दाहेर्दै आज फेरि वीर गाेर्खाली दुख्याे
मुक्तक ३
कसैलाई पर्म लाउन कर्म हुनुपर्छ,
मुखमा मात्र राम हैन धर्म हुनुपर्छ।
दान गर्न सिक्नु पर्छ भिख माग्न हैन,
स्वाभिमानी हुनुपर्छ सर्म हुनुपर्छ।
मुक्तक ४
आफूले खाेजेर मात्र कहाँ मिल्छ जून,
बाेलि तिम्राे गुलियाे छ कहाँ मिल्छ नुन।
महङ्गीले आकाश छाेयाे बाँच्न गाह्राे भयाे, आङ ढाक्ने धराे छैन कहाँ मिल्छ सुन?
मुक्तक ५
जिन्दगीले पाइलै पिच्छे कतिकति ठेस् खायाे,
कस्काे गर्नु आशा यहाँ सेवकले देश खायाे।
दूधकाे साक्षी बिरालाे ,जात्रा भयाे हाँडी गाउँकाे,
के पाउनु पिडीतले न्यायाधिशले केस खायाे!!
चन्द्रावती अधिकारी
काेहलपुर बाँके।






