खोटाङ बाट असीम विस्वकर्मा को गजल

मङ्लबार, असाेज १३, २०७७
0
167

हरेक युवामा चेतना हुनुपर्छ तातो रगत हुनुपर्छ।
जीवन चलाउनु पनि थाेर बहुत,हिम्मत हुनुपर्छ।

परदेश आएर जुवा,तास नखेल्नु हाेस साथीहरू
दुःखकाे परिश्रम परिवारका लागि बचत हुनुपर्छ

हाम्राे पालामा बिजुली थिएन! कम्प्युटर थिएन!       अहिले यी सामाग्री आयाे केही सहुलियत हुनुपर्छ

देश का जनतालाई उल्लु बनाए कम्युनिस्टहरुले
गाउँ बस्तीबाट उठ यीनिहरुकाे राज जफत हुनुपर्छ

अरुलाई भन्नु कति सजिलो छ महाेदय बिदेश!
यहाँ चर्काे घाम सहदाँ के थाहा  हालत हुनुपर्छ!

असीम विश्वाकर्मा
खाेटेहाङ ३ खाेटाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here