निरन्तर मानवसेवामा नमस्ते आधुनिक लघुकथा मञ्च

आइतवार, असाेज १८, २०७७
0
209

नमस्ते आधुनिक लघुकथा मञ्चको `लघुकथा सँगसँगै मानवसेवा´ कार्यक्रम अन्तर्गत रोटरी करुणालयका ज्येष्ठ नागरिकहरूलाई खाना खुवाएपछि १० लघुकथाहरू सुनाएर सम्पन्न भएको छ ।

मञ्चले शनिबार देवघाटस्थित रोटरी करुणालय वृद्धाश्रममा रहेका ३८ जना र आश्रम बाहिर रहेका करिब ७० जना बेसाहरालाई एकदिनको खाना खुवाउन १० हजार रूपैयाँ सहयोग गरेको हो ।
वृद्धाश्रमकै भोजनालयमा गरिएको छोटो कार्यक्रममा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटीले सहयोग हस्तान्तरण गरे भने रोटरी करुणालयका अध्यक्ष रोटरियन चन्द्रमान श्रेष्ठले मञ्चका अध्यक्षलाई प्रशंसा पत्र प्रदान गरे । खाना खुवाउनु अघि पञ्चकन्याले भोजन शुद्धिकरण मन्त्र वाचन गरेका थिए । खाना खुवाउने काम सम्पन्न भएलगत्तै सुरु भएको लघुकथा वाचन कार्यक्रमका सभापति मञ्चका अध्यक्ष डल्लाकोटी थिए ।

लघुकथा वाचन कार्यक्रममा रोटरियन चन्द्रमान श्रेष्ठ प्रमुखअतिथि थिए भने आचार्य लक्ष्मण भण्डारी अतिथिको रूपमा उपस्थित थिए । मञ्चका सचिव मनोज अज्ञातले सञ्चालन गरेको कार्यक्रममा मञ्चका कोषाध्यक्ष सुदर्शन कँडेल तथा शुभेच्छुक सुदिक्षा पण्डित तथा आारती शर्माको पनि उपस्थिति थियो ।

कार्यक्रममा मञ्चकै आधिकारिक वाचक लक्ष्मण भट्ट र कोषाध्यक्ष सुदर्शन कँडेलले लघुकथा वाचन गरे । छोटो मन्तव्यको क्रममा रोटरी करुणालयका अध्यक्ष तथा वाचन कार्यक्रमका प्रमुख अतिथि रोटरियन चन्द्रमान श्रेष्ठले सहयोग दिने र लिने दुवै भगवान बिष्णुको स्वरुप भएको बताउँदै ज्येष्ठ नागरिकको भलाइका लागि मञ्चले देखाएको सदासयता प्रति खुशी व्यक्त गरे ।

छोटो मन्तव्यमा अतिथि आचार्य लक्ष्मण भण्डारीले साहित्यको लागि साहित्य नभै जीवनका लागि साहित्य भएको बताए । `नमस्ते आधुनिक लघुकथा मञ्चले यो कुरालाई आत्मसात गरेको छ´, उनले भने- `म यस मञ्चको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।´

मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटीले बुबाआमाहरूलाई खुशी दिएर आश्रममा राख्नु भएको र हाम्रो मञ्चलाई पनि सानो सहयोग गर्ने अवसर दिनु भएकोमा रोटरी करुणालयका व्यवस्थापन समिति तथा भोजन ग्रहण गरिदिनुहुने बुबाआमाहरूलाई धन्यवाद दिए ।

कार्यक्रम बिहान करिब ११ बजेतिर सुरु भएको थियो भने १ बजेतिर समापन भएको थियो । वृद्धाश्रमका बुबाआमाहरू, लघुकथा सुन्दासुन्दै द्रवित भएको दृश्य देखिन्थ्यो । लघुकथा वाचन कार्यक्रममा
त्रिलोचन ढकालको `बा´,
घनश्याम डल्लाकोटीको `कूपुत्र´,
मदन पौडेलको `बृद्धाश्रमको यात्रा´,
अमर श्रेष्ठको `बृद्धाश्रम´,
सीता बिष्ट कार्कीको `हजुरबाको तस्बिर´, बैद्यनाथ ठाकुरको `संस्कार कि आडम्बर ?´,
दुर्गा वनवासीको `माता औँशी´,
जया शर्माको `मन´,
सम्झना घिमिरेको `वंश´ र
ईश्वरी रिसालको `मरेपछि´ लघुकथाहरु वाचन भएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here