सुख जन्मिन त मन पनि गर्भवती हुन्छ,
जन्म भए त्यो सारा सपना सम्पत्ति हुन्छ।
के कति पुग्छ के कति पुग्दैन मनले सोच्नु,
श्रमले सिंढी चढ्नु सफल दिने धर्ती हुन्छ ।
गर सपना बृक्षारोपण मनकै बारिमा,
फल लाग्नेछ खुसीमा अमुल्य ओखती हुन्छ ।
वीउ ब्याडमा छरेर पनि नजरले गोड्नु,
मन मिलेमा तक्दिर जुर्छ सहमती हुन्छ ।
किन हरेश-चरेश खाने जिन्दगी धिकारी,
बैरी खुसीले ननाचे कहाँ पो प्रगती हुन्छ ।
चित्रमान तामाङ
संखुवासभा-चिचिला गा.पा.
हाल-काठमाडौ





