सामसुङका अध्यक्ष ली कुन–हीको निधन

आइतवार, कार्तिक ९, २०७७
0
218

कात्तिक ९,सियोल .। विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ। उनी ७८ वर्षका थिए।

कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ । सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन दूरद्रष्टा लीको योगदान अतुलनीय रहेको जनाइएको छ ।

लीका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्वर्गीय लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो ।

सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here