काेराेना सङ्क्रमणबाट तनहुँमा ११ जनाकाे मृत्यु

सोमवार, कार्तिक १०, २०७७
0
256

 कात्तिक १०,शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको सोमबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । याे सँगै तनहुँमा काेराेना सङक्रमणका कारण मृत्यु हुनेकाे सँख्या ११ जना पुगेकाे छ ।

आज मृत्यु भएका पुरुषकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो र निमोनियालगायतको समस्या थियो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या  गण्डकी प्रदेशमा ६८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here