गोरखाका २७ जनामा कोरोना संक्रमण

बिहिबार, कार्तिक १३, २०७७
0
294

कात्तिक १३, गाेरखा । जिल्लामा आज थप २७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले बिहिबार जारी गरेको पहिलो बिज्ञप्तीमा २५ जना र तेस्रो बिज्ञप्तीमा गोरखामा थप २ जना गरि २७ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।

निर्देशनालयले निर्देशक डा बिनोदबिन्दु शर्माले जारी गर्नुभएको पहिलो बिज्ञप्तीमा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ५ मा बर्ष ४०, २३, २४, ३९, ३९ र २७ बर्षका ५ पूरुष, वडा नम्बर ४ का बर्ष ४० का १ जना पुरुष गरि कुल ६ जनामा संक्रमणको पुष्टी भएको छ । त्यस्तै जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ३ मा ४५ बर्षका १ जना पुरुष, वडा नम्बर १ का २९ बर्षका १ जना, वडा नम्बर ५ का १९ र ४१ बर्षका २ जना पुरुष, १८ र २२ बर्षकी २ महिला, वडा नम्बर २ का बर्ष २० का १ जना परुष गरि कुल ७ जनामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

यता जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १३ का ३८ बर्षका एक पुरुष, वडा नम्बर १२ का २१ र २२ बर्षका दुई महिला, तथा २७ बर्षका एक पुरुष, वडा नम्बर १० का ३८ बर्षका महिला तथा १६ बर्षका १ पुरुष, वडा नम्बर ६ का ८० र ४० बर्षका २ महिला तथा ३४ बर्षका १ जना पुरुष, वडा नम्बर ८ का ४० बर्षका १ जना पुरुष, वडा नम्बर १ का ३८ बर्षका एक पुरुक्ष्ष तथा बवडा नम्बर ६ का २२ बर्षका एक पुरुषमा पनि कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

गोरखा नगरपालिका भित्र संक्रमण पुष्टी भएका सवै १२ जनाको यही कात्तिक ५ गते कन्ट्रयाक्ट ट्रेसिङमा परि स्वांब संकलन गरि परीक्षणका लागि पठाएका ५७ जना मध्येका रहेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले जानकारी दिए । सोही दिन स्वांब दिएका ४५ जनाको अझै रिर्पोट आउन बाँकी रहेको उनले बनाए ।

संक्रमण पुष्टी भएका सवैको क्षयरोग उपचार केन्द्र पोखरामा स्वांब परीक्षणका क्रममा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले आज जारी गरेको तेस्रो बिज्ञप्तीमा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ९ का ४२ बर्ष र १७ बर्षका दुई पुरुषमा पनि कोरोना संक्रमणको पुष्टी भएको छ । उहाँहरुको चितवन स्थित भरतपुर अस्पतालको फिभर क्लिनिकबाट संक्रमणको पुष्टी भएको हो ।

कर्मचारीमा कोरोना पुष्टी भएपछि भीमसेन थापा गाउँपालिका कार्यालय बन्द

गोरखाको भीमसेन थापा गाउँपालिकामा कार्यालय बन्द गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपछि गाउँपालिकाले अत्यावश्यक बाहेका सवै सेवा बन्द गरेको गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत भेषराज खनालले जानकारी दिए । कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि थप संक्रमणको जोखिमलाई न्युनिकरण गर्न केही समयका लागि कार्यालयबाट प्रदान गरिदै आएका सेवा बन्द गरिएको उनेकाे भनाइ छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँपालिका कार्यालयमा कात्तिक २ गतेदेखि ६ गतेसम्म प्रत्यक्ष सम्पर्कमा पुगेका नागरिकहरुलाई बिशेष सावधानी अपनाउन समेत अपिल गरिएको छ । गाउँपालिकाले अर्को सूचना जारी गरेपछि मात्र गाउँपालिकाले सेवा नियमित गर्ने जनाएको छ । संक्रमितको संम्र्पकमा रहेकाहरुको पहिचान गरि रिर्पोट प्राप्त नहुदासम्म कार्यालय बन्द हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here