अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

आइतवार, कार्तिक २३, २०७७
0
208

 कात्तिक २३, कास्की। विश्व महाशक्ति राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पलाई हराउँदै डेमोक्र्याटका उम्मेदवार उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

डेमोक्रेटिक पार्टीका सदस्य उनी यस अघि पूर्व उपराष्ट्रपति भइसकेका व्यक्ति हुन् । राष्ट्रपति निर्वाचितसँगै अब उनी ४ वर्षका लागि ह्वाइट हाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् ।

बीबीसीका अनुसार अनुसार बाइडेनले २ सय ७४ र उनका प्रतिद्वन्द्वी ट्रम्पले जम्मा २१४ मात्रै इलेक्ट्रोरल मत पाएका छन् । मतगणना अझै केही स्थानमा बाँकी नै भए पनि विजयी घोषणा गरिएको हो ।

यस्तै समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले पनि शनिबारकाे प्रक्षेपण अनुसार जो बाइडेनलाइ २८४ इलेक्ट्रोरल मत सहित संयुक्त राज्य अमेरिकाका ४६ औं राष्ट्रपति बताएकाे छ।

राष्ट्रपति निर्वाचित जो बाइडेनले एक विज्ञप्ति जारी गरी अमेरिकी जनताको समर्थनका लागि धन्यवाद दिएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here