छङ्गाछुर भीरमा विश्व खाद्य परियाेजनाद्वारा बाटाे निर्माण

मङ्लबार, कार्तिक २५, २०७७
0
466

कात्तिक २५, गाेरखा । एउटा सानाे ढुङ्गा बाटाे छेउबाट खस्दा ५०० मिटर तल रहेकाे दुधपाेखरी खाेलामा डुवुल्की गर्न पुग्छ । वीचमा ढुँङ्गा अड्ने कुनै स्थान छैन । चुमनुब्री गाउँपालिका वडा न‌म्बर ३ स्थित सल्लेरीबाट भालुवन जाने बाटाेबाट यस अघि बर्सेनी मानिसहरु त्यसैखाेलामा खसे र अकाल मै आफ्नाे जीवन समाप्त गर्न पुगेका कैयाैँ घटनाहरु वडा अध्यक्ष रामकुमार गुरुङसँग छ ।

भालुवनका नागरिकहरु यस अघि आफूहरुकाे राज्य कहाँ छ भनि प्रश्न गर्दथ्ये । गह्राै भारी सल्लेरी वा जगतकाे बाटाे हुँदै नाक ठाेक्किने उकालाेमा बाेक्नुपर्ने बाध्यता एकातिर थियाे नै । बाटाेकाे चाैडाइ मुस्कीलले एक फिट मात्रै पनि नहुँदा कम्ता सास्ति थिएन ।

गाउँपुग्न जति कठिन थियाे त्यहाँ पुगेपछि देखिने दुधपाेखरी खाेलाकाे मनमाेहक छलाङ र भालुवन खाेलामा रहेकाे कालताल झरना काे दृश्यले मानिसहरुलाइ भालुवन गाउँमा बसिरहुँ जस्ताे बनाउँदथ्याे । भालुवन खाेलाकाे पानीबाट निकालिएकाे विजुलीले चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिका क्षेत्रका गाउँहरु झलमल भएका छन् ।

कालताल झरना

गाउँपुग्न कठिन रहेकाे बाटाे निर्माणका लागि वडा गाउँपालिका  तहकाे पटक पटककाे प्रयास र गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारीकाे सहयाेगसँगै विश्व खाद्य परियाेजनाले पूर्णिमाकाे कार्यक्रमसँग साझेदारी गरेपछि ३.२३ किलाेमिटर गाेरेटाे बाटाे निर्माणकाे काम थालनी भएकाे छ । ढुङ्गाकाे सिढी बनाएर सिमेन्टेट गरेपछि बाटाे चाैडा हुनुका साथै हिड्नका लागि सहज भएकाे स्थानीय बल बहादुर गुरुङ बताउँछन् ।

छङ्गाछुर भीरमा ४३६ मिटर रेलिङ बनाएर जालि लगाउने काम भइरहेकाे छ । उक्त बाटाे निर्माण पछि बाटाे हिँड्नेहरुलाइ खाेलामा पुग्ने डर हट्ने भएकाे छ ।

भालुवन गाउँ

 

मनासलु सँरक्षण क्षेत्र भित्र रहेकाे उक्त बाटाे केही समयमै पूरा हुने कार्यस्थलमा भेटिएका इन्जिनियर आसिस श्रेष्ठ बताउँछन् । विश्व खाद्य परियाेजनाले यस अघि चिसाेपानी सर्सिउँ आगाउँ मा ३.७१ किलाेमिटर गाेरेटाेबाटाे निर्माण गरेकाे थियाे । यस क्षेत्रमा बन्दै गरेका बाटाेकाे  साे निर्वाचन क्षेत्रका  साँसद हरीराज अधिकारिले स्थलगत अनुगमन गरेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here