हुनु भन्दा एक नहुनु राम्रो यो समाजमा
कोहि आउला जस्तो छ यो सानो घरमा
पत्थर बन्ने गर्छ छाती मन चिसिने गर्छ
त्यसैले सिक्नु छ अझै केही बचपनमा
बा आमाको हासो निस्क्यो आशु सुक्यो
जब छोराले खुशी बेच्न राख्यो पसलमा
देश पनि आजकाल चिन्तामा देखिन्छ
ज्वरो नाप्न लैजाउ क्यारे अस्पतालमा
धनगिरी फडेरा “आफन्त”
ठुलिभेरी नपा ३ डोल्पा






