कात्तिक २६, गोरखा। कोभिड टाक्सफोर्सका गोरखा जिल्ला संयोजक गोर्बदन श्रेष्ठलाई कोरोना संक्रमणको पुष्टी भएको छ । कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वांब संकलन गरि परीक्षणका लागि पठाइएको उनमा बुधबार आज संक्रमणको पुष्टी भएको हो ।
गोरखा क्याम्पस आइसोलेसन व्यवस्थापन समितिका संयोजक तथा गोरखा अस्पताल सञ्चालक समितिका सदस्य समेत रहनु भएका श्रेष्ठ स्वांब संकलन लगत्तै सुरक्षित रुपमा आइसोलेसनमा रहेका थिए ।
संक्रमण पुष्टी भए लगत्तै उनले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमितको उपचारका लागि व्यवस्थापनमा खटिने क्रममा सुरक्षित रहने प्रयास गर्दा गर्दै आफुमा संक्रमण देखिएको जानकारी दिए ।
श्रेष्ठले आफु छिट्टै कोरोनालाई जितेर नियमित कार्यमा फर्कने भन्दै आफ्नो सम्पर्कमा रहेका सवैलाई थप सर्तक रहन समेत सामाजिक सञ्जाल मार्फत सचेत गराएका छन् । अस्पतालमा कार्यरत अर्की एक सिनियर अनमीलाई पनि आज नै कोरोना संक्रमणको पुष्टी भएको छ ।





