मङ्सिर १ गाेरखा । गएराति हङकङको एक रेस्टुरेन्टमा आगलागीबाट ७ जना नेपालीहरुको ज्यान गएको छ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती आगलागी हुँदा सात जना नेपालीको मृत्यु भएको हाे ।
मृत्यु हुनेहरुमा ३८ वर्षिय युवराज कँडेल, कँडेलकी १३ वर्षिय छाेरी क्रितिका ,३५ वर्षिय राजबाबु नेपाल , नेपालका नाै बर्षिय छाेरा रायन नेपाल, ३९ वर्षिय शेर बहादुर गुरुङ, ३२ वर्षिय अनिता निराैला र ४० वर्षिय विनिता तामाङ रहेका छन् ।
जन्म दिन कार्यक्रममा सहभागि भएका मध्ये तीन जना सकुशल रहेका छन् । एक जना उपचार पछि घर फर्किएका छन् । २९ वर्षिय आङ लाप्पाकाे कारितास अस्पतालमा उपचार भइरहेकाे छ । बाँकी ८ जनाकाे चाइवान,क्वीन एलिजावेथ र क्वांग वाह र प्रिन्सेस मार्गेट अस्तपालमा उपचार भइरहेकाे ग्लाेवल गाेरखा समाजका काेषाध्यक्ष आकाश बन्जराले जानकारी दिए ।
बागलुङ समाज हङकङका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना भएकाे थियाे ।
घटनाकाे थप विवरण तल हेर्नुहाेस् ।







