सायद प्रेममा धोका खाएको रहेछ त्यो ब्यापारी आँखा व्यापार हुने ठाउँमा मुटुको ,व्यापार गर्यो

बिहिबार, मंसिर ४, २०७७
0
196

छेउमा बस्नेले आज दिलमा बस्न हतार गर्यो
यो कस्तो प्यार हो मन नमिल्दा पनि प्यार गर्यो

भगवान पनी कतीसम्मको कठोर रहेछ हेर्नुस त
जहाँकम्जोर ढुङ्गा देख्यो त्यहि माथि सवार गर्यो

म उसंग नजीकिएर सफलताको राज जान्नेछु
उ नजीक भएर मसंग उसले यस्तो गद्दार गर्यो

सायद प्रेममा धोका खाएको रहेछ त्यो ब्यापारी
आँखा व्यापार हुने ठाउँमा मुटुको व्यापार गर्यो

एकपल्ट आफूलाई ऐनामा गएर हेर्नुस महोदय
तपाईंलाई यमराजले किन नराम्रो व्यवहार गर्यो

साहित्य प्रेमी यमराज खड्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here