मैले माया गर्दा गर्दै एक्लो बनाएर गयौ
मलाइ रुवाइ अर्कैको हात समाएर गयौ
निष्ठुरिको रङ्गियो ,सिउँदो हेर्दा हेर्दै मैले
एक्लै मर भनेर मेरो दिल जलाएर गयौ
सम्झाउन सकिन मैले तिमी छैनौ भनी
जलेकै थियो दिल बाजा बजाएर गयौ
सुन्न सक्दिन तिमी आर्कैको भयौ भनेर
जिवन भरिको लागि रोगी गराएर गयौ
पर्खने मात्र काम भयो नाम लिएर उस्कै
धोकेबाज भने तर उ लाज पचाएर गयौ सोमनाथ लुइटेल रवि पाल्पाली
बर्दिया गुलरिया ३






