मैले कर दिनु परेको छ सरकार का लागी
बाले पैसा पाएनन् मेरो उपचार का लागी
मेरो छोरो राजधानी पढ्छ भनेर हर्षित नहुनु
र वर्षौँ फेल भए जानु पर्छ कतार का लागी
मेरो आँशु खस्ने उनको यादमा हो दिनदिनै
सधैँ जसरी वर्षा हुन्छ भरिन ईनार का लागी
तिमीले मलाई फसायौ तमसुक लेखेर प्यारमा
सहवास गरेको नाटक रचायौ रोजगार का लागी
तिमीलाई प्यार गर्ने मान्छे देख्नै नपरोस् मैले
उसको ज्यान मारी जानेछु कारागार का लागी
मुकेश न्यौपाने
अछाम






