मङ्सिर ४, गाेरखा । गोरखामा आज ७ स्थानिय तहमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको अजिरकोट, आरुघाट, बारपाक सुलिकोट, गण्डकी, सिराचोक गाउँपालिका र गोरखा तथा पालुङटार नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले जारी गरेको सूचना अनुसार अजिरकोट गाउँपालिका ४ का ३० बर्षका १ जना पुरुष, आरुघाट गाउँपालिका ६ का २३ बर्षका १ जना पुरुष, बारपाक सुलिकोट गाउँपालिका ७ र ८ का ३७ र ८९ बर्षका १/१ जना पुरुषमा संक्रमण पुष्टी भएको जनाएको हो ।
त्यस्तै गरी गण्डकी गाउँपालिका ७ का ५८ बर्षका १ जना पुरुष, सिराचोक गाउँपालिका ७ का ३४ बर्षकी १ जना महिला, गोरखा नगरपालिका ६ र १३ का ३२ र ४२ बर्षका १/१ जना पुरुष र पालुङटार नगरपालिका ३ का २३ बर्षिया १ जना महिलामा संक्रमण पुष्टी भएको छ ।संक्रमित मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् ।
आजका दिन सम्म गोरखा जिल्लामा संक्रमितको संख्या ६२८ पुगेको छ । साथै सक्रिय संक्रमित १४४ पुगेको छ । संक्रमणबाट जिल्लामा हाल सम्म ३ जनाले ज्यान गुमाई सकेका छन् ।






