मोरङ्ग बाट सावित्रा खत्री नितु को मनछुने गजल

शनिबार, मंसिर ६, २०७७
0
433

हिजो थिएन आज छैन कसरी भनौं हुँदैन भोलि पनि
समय बदलिन्छ मन बदलिन्छ बदलिन्छ बोली पनि

प्यार अत्याधिक बढ्दै छ प्रियको मैले के सम्झनु,
आफ्नो मौसममा निकै उर्लिन्छ खहरे खोली पनि

मेरो आँगनमा कहिल्यै पाईला नटेक्ने फागुनले,
बा बितेकै साल खेलेर गयो आँगनमा होली पनि

रहर कसरी मार्नुपर्छ गरिबिले सिकाएर गयो
बर्ष दिनमा मात्रै फेर्छिन् मेरी आमाले चोली पनि

जुनदिन हतियार देखाएर मार्ने धम्की दिएर गयौ
त्यहिदिन बाट प्यारो लाग्छ बन्दुक र ,गोली पनि ।।

सावित्रा खत्री नितु
मोरङ्ग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here