मङ्सिर ५, गोरखा । मानवसेवा आश्रम गोरखामा रही सेवा ग्रहण गरिरहेका ४३ जना बालगोपाल लगायत लक्ष्मीहरुलाई एक समारोह विच न्यानो कपडा वितरण भएकाे छ ।
सर्वोत्कृष्ट जीवन , शाश्वत चिन्तन अभियानका साथ मानव सेवामा समर्पित मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजीअधिकारीलाई रफ्तार न्युजका प्रधान सम्पादक रवि रोषी रफ्तार न्युजको समूहले शुक्रबार गाेरखामा न्यानो कपडा हस्तान्तरण गरेकाे हाे ।
कपडाका लागि अमेरिका बस्ने गैर आवासीय नेपाली संघ आईसिसि सचिव गौरीराज जोशी र ग्लाेवल गाेरखा समाजका काेषाध्यक्ष आकाश बआकाश बन्जाराले आर्थिक सहयोग गरेका थिए ।
सामजिक हित, शिक्षा तथा आध्यात्मिक चिन्तन विकासमा सदा योगदान पुर्याउनुहुने आइसिसी सचिव जोशी तथा गोरखा ग्लोवल समाजका कोषाध्यक्ष्य बन्जाराले यस अघि पनि थुप्रै सहयोग प्रदान गर्दै आएका छन् ।
सहयोगदाता मनहरु आश्रमका बिधाता सरह रहेको हुँदा मानवसेवा आश्रमको तर्फबाट दुवै व्यक्तित्वलाइ मुख्य अभियन्ता तथा संस्थापक केद्रीय अध्यक्ष राम्जी अधिकारीले हार्दिक आभार प्रकट गरेका थिए ।






