सोमनाथ लुइटेल रवि पाल्पाली का दमदार पाँच मुक्तकहरु

बिहिबार, मंसिर ११, २०७७
0
210

मुक्तक १

मेरो गल्ती लाई नहेरि पुर्ने काम गरायौ
भएको धन लाई सधैं तुर्ने काम गरायौ

सकिएन जोगाउन जोगिएन केही पनि
बाध्यता पार्यो समयले कुर्ने काम गरायौ

मुक्तक २

हाम्रो माया मेरो त्याग असफल हुने भयो
माया गरे तिमी लाई नै बिफल हुने भयो

सजिएको कपडा पनि कफन जस्तो लाग्छ
माया नि मेरो लागि आकासे फल हुने भयो

मुक्तक ३

समयले पनि खेल मै संग खेलेको छ
बाध्यता सम्यास्याले नि सधै झेलेको छ

पुरानै घाउ हमेशा ताज गराउछ यादले
तिम्रै मायाले दिल भित्र कति जेलेको छ

मुक्तक ४

तिमी छौ र त मलाइ बाच्न मन लाग्छ
मेरो जस्तो दिल भए भाग्न मन लाग्छ

साच्चै हो मन भित्रको पर्दा खोलेकोछु
तिम्रै लागि माया साचिँ राख्न मन लाग्छ

मुक्तक ५

केहि कुरा यहाँ नीर मिले जस्तो लाग्छ
माया प्रिती का कुरा सिले जस्तो लाग्छ

नमिल्ने केछ सबै मिलाए मिल्छ साथी
कसै को मायाले नै थिले जस्तो लाग्छ

सोमनाथ लुइटेल रवि पाल्पाली
बर्दिया गुलरिया ३
हाल: युगाण्डा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here