मङ्सिर १८,गाेरखा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी तथा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशाशक डा. गुणनिधि शर्माले विहिबार गोरखा जिल्ला अस्पतालकाे नवनिर्मित भवन निरीक्षण गरेका छन् ।

लाेहनी र शर्माले अस्पतालले कोभिड १९ व्यबस्थापनकाे क्षेत्रमा गरेकाे कामकाे बारेमा जानकारी लिएका थिए । सिमित स्राेत साधनका वीच पनि गाेरखा अस्पतालले काेविड १९ व्यवस्थापनमा गरेका कामहरु उदाहरणीय रहेकाे वरिष्ठ शिक्षा प्रशासक डा.गुणनिधि शर्माले बताए । गाेरखा जिल्ला अस्पतालकाे विकासका लागि मन्त्रालय तहबाट गर्नुपर्ने सम्पूर्ण सहयाेग गर्ने अधिकारीहरुले बताएका थिए।
डा. लाेहनी र शर्मालाइ अस्पताल विकास समितिका अधिकारीहरु, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्डट लगायतले स्वागत गरेका थिए ।
डाक्टर गुणराज लाेहनीले गाेरखा अस्पतालमा २०६७ सालमा मेडिकल सुपरिटेन्डेण्ट भएर काम समेत गरेका थिए । तत्कालिन अवस्थामा नै अस्पतालमा रक्तसञ्चार सेवा सहितका विभिन्न सेवाहरु थप भएर नागरिकहरुले जटिल राेगका उपचार समेत गाेरखा अस्पतालबाट पाउन सकेका थिए ।





