काँचुली फेर्दै जिन्दगी

बिहिबार, मंसिर १८, २०७७
0
261

अविश्रान्त छ
जीवन रूपि नदी
अस्थिर यात्रा !

मुहान छोडी
पर्यटकको यात्रा
किनारतिर !

सोझो भरिया
पहिलेकै द्यौराली
प्रतीक्षारत!

थकित आँखा
फर्किएन बटुवा
बसाइ सर्यो!

काँचुली फेर्दै
जिन्दगी रङ्गमञ्च
मानव रथ !

भावना न्याैपाने ‘ भवानी ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here