दाइजो नपाएर चेली जलेकै छन नेपालमा
बलत्कारी को चपेटामा परेकै छन नेपालमा
किताबमै समिती रहेको कानुनको दस्तावेज
निर्धोलाइ थुन्ने कानुन बनेकै छन नेपालमा
नगर देखि शहर सम्म चेलीबेटी लुटिन्छन
पहुँचबाल सारथीहरु छुटेकै छन नेपालमा
यस्तो हत्याहिंसालाई केको सज्ञाँ दिने हामी
सत्ताधारी नेताहरू नै चुकेकै छन नेपालमा
अपराधी छुटेको देखेकोछौं गणतन्त्रमा पनि
न्याय मरेपछी अन्याय सहेकै छन नेपालमा
सोमनाथ लुइटेल रवि पाल्पाली






