घाइते बनायो आफन्त कै चोट ले मान्छे को मति बिगार्यो नोट ले ।।

बुधबार, मंसिर २४, २०७७
0
266

घाइते बनायो आफन्त कै चोट ले
मान्छे को मति बिगार्यो नोट ले ।।

इन्साफ त भगवान मा नि देखिएन
न्याय लिलाम गर्यो कालो कोट ले।

बल्ल बुझे यी नेता को चुरी फुरि
सपना बाडदै किनेको भोट ले।।

सुख को अनुभूति कहिल्यै भएन
शितल दिन्छ बरु वर को ओट ले।

बिद्रोह को झल्को देखे मुहार मा
अन्याय लाई मार्छु भन्ने अठोट ले।

सुरेश वैद्य
काठमाडौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here