अब संघियताको संघारमा नटेके हुन्छ,
देश लाई पोल्नेछ हतारमा नटेके हुन्छ।
संसद बहाल गरौँ संघियता खारेज गरौँ,
देशले थेग्न सकेन बेकारमा नटेके हुन्छ।
थोरै खर्च अखण्ड देशमैछ शुखःशान्ति,
यतिधेरै घाटाको ब्यापारमा नटेके हुन्छ।
ए साथी कस्लाई देखाउँछौ तमाशा अरु,
अब हामि तरवारको धारमा नटेके हुन्छ।
साम्राज्यावादले मौका कुरेर बसेकै बेला,
उनैले रोपेकै बिषालु झारमा नटेके हुन्छ।
एउटा आमाकै शन्तान फुटेपछी केहोला,
अब त त्यो फुटको संसारमा नटेके हुन्छ।
आए एम सी सी जस्तो मिठो बिष ल्याई,
हामि ले त्यो अंग्रेजी प्यारमा नटेके हुन्छ।
सुरेशकुमार पान्डे






