एसइई परीक्षा जेठमा सञ्चालन गर्ने परीक्षा वाेर्डकाे तयारी

सोमवार, पुस २०, २०७७
0
231

काठमाडौं । सरकारले यस वर्षको एसइई परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी गरेको छ। सकेसम्म बैशाखकाे अन्तिम साता नभए जेठ पहिलाे साता परिक्षा सञ्चालन गर्ने गरि तयारी भैरहेकाे बाेर्डका अध्यक्षले बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा एसइई परीक्षा सञ्चालन गर्ने तयारी अघि वढाएको हो। कोरोना संक्रमणको कारण गत वर्ष एसइई परीक्षा नै सञ्चालन भएको थिएन। त्यसअघिका वर्षमा भने चैत महिनामा परीक्षा हुँदै आएको थियो। यस वर्ष भने एसइई परीक्षा सञ्चालन गर्ने तयारी भएको हो।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार आगामी जेठसम्म एसइई परीक्षा हुने सम्भावना छ। यस वर्ष शैक्षिक सत्र कहिलेबाट सुुरु हुन्छ, अझै स्पस्ट भएको छैन। विगतमा वैशाखमा शैक्षिक सत्र सुुरु भएर चैतमा सकिने व्यवस्था थियो। कोरोना संक्रमणका कारण विद्यायय खुल्न नसक्दा यस वर्ष शैक्षिक सत्र कहिलेबाट सुरु गर्ने भन्नेमा समेत सरकार अलमलमा छ।

उपत्यका बाहिरका अधिकांश विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन अघि बढाए पनि राजधानी काठमाडौंका विद्यालय अझै खुलेका छैनन्। काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयले वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालन गरिरहेका छन्।

एसइई परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि रजिस्ट्रेसन फाराम खुला गरिसकेको छ। बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here