अविश्वासकाे प्रस्ताव ल्याएर देखाउन गण्डकीका मुख्यमन्त्री गुरुङकाे चुनाैती

सोमवार, पुस २०, २०७७
0
184

गोरखा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार माथि अविश्वासको प्रस्ताव पेश भए सामना गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट  पार्टी ओली खेमाकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा सहभागी हुन  गोरखा आइपुगेका पार्टीका स्थायी कमिटीका सदस्य  मुख्यमन्त्री गुरुङले पत्रकारहरु कुराकानी गर्दै उक्त कुरा बताएका हुन ।

उनले केन्द्रमा जे जस्तो डिभेड भएपनि प्रदेश भित्र सरकार सञ्चालनमा मिलेर जानु पर्ने पक्षमा आफु रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताए । ‘अबिश्वासको प्रस्ताव पेश गर्न अर्को पक्षलाई पनि अफ्ट्यारो भइरहेकाले अहिलेसम्म भएको त छैन, मुख्यमन्त्री गुरुङले भने, राजनीतिक दलको निर्णय त सवै खालको उपायहरु खुल्ला गर्ने भन्ने भएकाले कुनै पनि बेला अविश्वासको प्रस्ताव आउनसक्छ ।’

उनले प्रचण्ड–माधव समुहलाई केन्द्रमा झगडा भएपनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिरहेको बताए। साविकको माओबादी केन्द्र र नेकपा एमाले अलग अलग भएर नै प्रदेशमा सरकार बनाएको भन्दै अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

उनले अविश्वासको प्रस्ताव आइहालेमा के हुन्छ भन्ने कुरामा स्पस्ट नभएको बताए । मुख्यमन्त्री गुरुङले संसद बिघटन हुदैमा पार्टी फुट्नुपर्छ भन्ने नभएको बताए । ‘बरु पार्टी भित्रको झगडा पनि बिर्सिएर चुनावमा जित्नका लागि एकिकृत भएर लड्नुपर्छ । चुनावले बिग्रिएको पाटीलाई सच्चाउने, एकताबद्ध भएर लाने एउटा अभियान पनि हुनसक्छ तर त्यसमा अहिलेसम्म कसैले ध्यान दिएको अबस्था छैन ।’

उनले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन्छ हुदैन भन्नेमा भने अन्यौल रहेको बताए । ‘तोकिएको मितिमा निर्वाचन हुने कुरा अदातलको फैसलाले प्रभाव पार्न पार्छ, मुख्यमन्त्री गुरुङले भने । अदातलले चुनावको पक्षमा फैसला गरिदियो भने तोकिएको मितिमा चुनाव हुनपनि सक्छ नभएपनि मिति धेरै पर जादैन होला ।’ उनले एकैचरणमा चुनाव हुनेसम्भवना समेत रहेकाे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here