नमस्ते आधुनिक लघुकथा मञ्चको “लघुकथा सँगसँगै मानवसेवा” भन्ने कार्यक्रम अन्तर्गत चितवनको राप्ती नगरपालिका वडा नं. १३
मा लक्ष्मी प्रतिष्ठान द्वारा सञ्चालित ” कुमार-बलराम स्मृति छात्रवासलाई पचास हजार बराबर सामाग्रीहरु सहयोग गरेको छ । जसमा सिरक- १० थान, डसना -१० थान र तकिया २० थान सहित कान्दा पुर्याउनलाग्ने ढुवानी खर्च रू. ३०००/- समेत छात्रावासका इन्चार्ज मनोज श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । लक्ष्मी प्रतिष्ठानद्धारा सञ्चालित छात्रवासमा अहिले १ सय १३० भन्दा बढी चेपाङ तथा तमाङ जातिका विपन्न बालबालिकाहरू आश्रित रहेका छन ।
सहयोग हस्तान्तरण कार्यक्रम
हिजो वि. सं. २०७७ पौष १८ गते राप्ती- ८ को आधारभुत विद्यालय, बजरहट्टीमा भएको लघुकथा वाचन कार्यक्रममा गरिएको थियो ।
कार्यक्रममा मञ्चका अध्यक्षले खाद्यन्न सामाग्रि दिने योजना हुँदाहुँदै अहिलेको लागि अति आवश्यक रहेको सिरक डसना दिइएको बताउनु भयो । उहाँले यस्ता सहयोगहरू निरन्तर रहने बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष हरिशरण डल्लाकोटी, प्रध्यानाध्यापक मीठू कुमारी पाठक , सञ्चारकर्मीो उपस्थिती रहेको थियो । मञ्च मार्फत जन्मोत्सव , वैवाहिक वार्षिकोत्सव र पुण्य तिथिको अवसरमा सहयोग गर्नु हुने सहयोगी व्यक्तिहरूलाई पुष्प गुच्छा दिएर सम्मान पनि गरिएको थियो ।
न्यानो हस्तान्तरण कार्यक्रमलाई अझ न्यानो महसुश गराउने उद्देश्यले उक्त अवसरमा आधुनिक लघुकथा मञ्चका लघुकथा वाचक लक्ष्मण भट्टले लघुकथा वाचन गर्नुभएको थियो





