सुगन्ध छ याे फूलमा सानु माली बनेर आउँ !
लह लह झुले सरि धानका बाली बनेर आउँ !!
राम्राे हुँदैनन् खेतमा मलजल नगरे नपुगेमा !
यसपालिकाे मेलैमा मेराे साली बनेर आउँ !!
तिम्राे नाैमति बाजामा म नाचिदिउँला त्यता !
तिमी पिट्ने झ्याम्म झैँ झ्याली बनेर आउँ !!
म तिमीलाई राम्राेसँग सजाई दिउँला सानु !
तिमी सुन्दर काेपिला काे डाली बनेर आउँ !!
जुनि जुनि स सँगै काटाैला एक आपसमा !
श्रीङ्गार पटार गरेर मेराे घर वाली बनेर आउँ !!
आहा आहा गर्दै सबैले मख्ख मख्ख भाछन !
मनलाई लाेभ्याउँने सुन्दर लाली बनेर आउँ !!
दैनिक हत्या ,हिंसा बढिरहाकाे छ देशमा !
हत्यारालाई मार्ने माहान काली बनेर आउँ !!
केसर बाेहरा
सुन्दर सुदुर पश्चिम अछाम
हाल भारत






