नारायण न्यौपाने निर्दोश को मन छुने गजल

शनिबार, फाल्गुन १, २०७७
0
239

 

आउँछन् बोल्छन् केही कुरा लिएर जान्छन्
र अन्तिममा चुरोट जस्तै कुल्चिएर जान्छन्

सत्य बोलेर आजभोलि म एक्लो भएको छु
ठिकै छ मन नमिल्ने हरु टाढिएर जान्छन्

केवल याद र पीडा रहेछन् सँगै बस्ने भनेका
मनमा बस्नेहरु मौका हेरि फर्किएर जान्छन्

सबैलाई राम्रो गर्दागर्दै नराम्रो नतिजा आयो
फलस्वरूप आँखाका आँसु पोखिएर जान्छन्

ए आफन्त हो तिमीहरू मेरो गला रेटिदेऊ
दुश्मनले त एकपटक मौका दिएर जान्छन्

नारायण न्यौपाने निर्दोश
पाल्पा नेपाल हाल साउदी अरेबिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here