१
यो सरकारले बिकास गर्दैन ,
अरुको पनि भर कत्ती पर्दैन ।
२
आखामा पनि हुँदासम्म तिम्रो भर पर्छु ,
बाचा खाएको देउरालीमा बिश्वास गर्छु ।
३
कस्तो माया गरेउ देखाउनै पर्ने ,
जानी जानी किन अपहत्य गर्ने।
४
हिम्मत गर आँटले खान्छ ,
माया गर्नेले मायालु लान्छ ।
५
माया गर्यो तर भात हेर्यो ,
कुरा मिठै थियो कुरै फेर्यो। सोमनाथ लुइटेल रवि पाल्पाली
परदेश बाट






