मुक्तक १
के प्रणय दिवस चोखो माया सधैं छ पबित्र हाम्रो कसैले दोष दाग लगाउन नसक्ने छ चरीत्र हाम्रो
कमि हुने छैन विश्वास एक आपसमा समझदारी
बढिरहेकोछ झन अझै जिम्मेवारी मन भित्र हाम्रो
मुक्तक २
एक्कासिनै आज आएर बदलियौ कसरी
सँगै बाँच्ने कसम खाएर बदलियौ कसरी जिन्दगी चलाउने चाबी तिमीमै सुम्पिदा
चोखो पबित्र माया पाएर बदलियौ कसरी
मुक्तक ३
गुम्सिएका मनका कुरा खोल्न सक्दिन
अन्लाईनमा देखिराख्छु बोल्न सक्दिन
तड्पिएपछि मोबाईलमा फोन गरौ भने
हुने होकि जीवन खतरा मोल्न सक्दिन
तारा घिमिरे संखुवासभा
मुक्तक ४
हजारौं ठक्कर खाएर सोच गजब भयो
जिन्दगीमा बिर्सन नसक्ने अनुभव भयो
थाहा थिएन मुटुमा बस्ने बाट धोका हुन्छ
भगवान ठान्दै पुजा गरे उहीँ दानव भयो
तारा घिमिरे संखुवासभा
मुक्तक ५
मैन बत्ती त हौ शिक्षक आफैं जलेर पढाउनु पर्छ
कर्तव्य पालन गर्दै सन्तान पिठिउमा चढाउनु पर्छ
घरधन्दा समाल्दैआफ्नो कार्यक्षेत्रमा ध्यान उतिकै
गहन जिम्मेवारी पुरा गरेर योगदान बढाउनु पर्छ
तारा घिमिरे संखुवासभा
खांदबारी ३ मानेभञ्ज्याङ






