शहिदलखन र प्राइम कमर्सियल बैँक वीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर

मङ्लबार, फाल्गुन ११, २०७७
0
223

शहिदलखन, ११ फागुन । गोरखाको शहिद लखन गाउँपालिका र प्राईम कमर्सियल बैंक बिच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ। आज गाउँपालिका कार्यालय घैरुङमा गाउँपालिकाका प्रतिनिधी र बैंकका प्रतिनिधी बिच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष रमेश बाबु थापा मगरले तथा प्राईम कमर्सियल बैंकको तर्फबाट बैंक घैरुङ शाखा प्रबन्धक अमृत कुमार अधिकारी र मनकामना शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो। उक्त समझादारी पत्रमा नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ बमोजिम बैंकका शाखाहरुबाट शहिद लखन गाउँपालिका भित्रका कृषक, उद्यमी तथा व्यवसायीहरुलाई बैंकहरुले ऋण प्रवाह गर्ने र उक्त ऋण कारणवश सहज तवरले असुली गर्न नसकेको अवस्थामा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रावधान रहेको गाउँपालिकाले जानकारी दिएको छ।
यस्तै उक्त कर्जा लिनका लागि आवश्यक सहजीकरण तथा कागजपत्र व्यवस्थापनमा गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिले सहयोग गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ। साथै समझदारीका लागि पूर्णीमा परियोजनाका उद्यम विकास अधिकृत शेर बहादुर बोहोराले आवश्यक समन्वय तथा सहजीकरण गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here