फागुन १२, गोरखा । सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने गरी दिएको आदेशको स्वागत गर्दै गोरखामा दिपावली गरिएको छ । स्वत:स्फूर्त नागरिकहरुले दिपावली गरेका हुन् । झापा जिल्ला घर भएका खडग प्रसाद आेलीले नेपाली राजनीतिमा निरँकुशता लाद्ने दुष मनासयका साथ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर नेपालकाे सँविधान २०७२ खारेज गर्ने तयारी गरेका थिए । असँवैधानिक कदमकाे नेपाल कम्युनिष्ट पार्टीले विराेध गर्दै आएकाे थियाे ।
देशमा नेपाली जनताकाे जीत भएकाे भन्दै राष्ट्रिय युवा संघमा आवद्ध युवाहरुकाे समूहले मोटरसाइकल र्याली गरेको थियो । दिपावली सहित गाेरखावासी नागरिकहरुले चकलेट बाँडेर खुशीयाली मनाएका थिए ।
सर्वोच्च अदालतले मंगलबार गरेको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।






