गोरखा, १३ फागुन । शहिद लखन गाउँपालिकामा महिलाहरुको पाठेघर परीक्षण शिविर जारी छ । शिविरको तेश्रो दिन बुधबार मनकामनाका ८७ जना महिलाको स्वास्थ्य जाँच गराएका छन् ।
जाँच गराएका मध्ये २२ जनाको पाठघरमा संक्रमण देखिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । आङ बाहिर खस्ने समस्या भएका चार जना मध्ये पहिलो डिग्रीका एक जना, दोश्रो डिग्रीका दुई र तेश्रो डिग्रीका एक जना रहेका छन् ।
दुई जना महिलामा पाठेघरको मुखको क्यान्सर हुन सक्ने संभावना देखाएको छ । उक्त समस्या निराकरण गर्नको लागि थर्मोकोबुलेसन विधिद्धारा उपचार गरिएको छ । यो प्रविधिले १० वर्षपछि सम्म हुने क्यान्सरलाई निराकरण गर्ने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।






