गाेरखाका प्रहरी प्रमुखकाे केन्द्रीय कार्यलयमा सरुवा, गाेरखामा खनाल आउने

शुक्रबार, फाल्गुन १४, २०७७
0
223

गोरखा, १४ फागुन । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक (एसपी) सुरेन्द्र बहादुर गुरुङको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले गोरखाका प्रहरी उपरिक्षक (एसपी) गुरुङ सहित ११ जना प्रहरी उपरिक्षक (एसपी)हरुको सरुवा गरेको हो।
सरुवा सूचि अनुसार जिल्ला प्रहरी कार्यालयमा गोरखामा प्रहरी उपरिक्षक शेखर खनाल आउने भएको छ। यस्तै महोत्तरीमा दिनेशकुमार आचार्य र गुल्मीमा गोपालचन्द्र भट्टराईलाई पठाइएको छ।
त्यस्तै, बाग्लुङको इन्चार्जमा कृष्णबहादुर पल्ली मगरलाई सरुवा गरिएको छ। बर्दियाको प्रहरी प्रमुखमा ईश्वर कार्कीको सरुवा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here