गोरखा । शहिद सप्ताहकाे अवसर पारेर गाेरखामा शहिद तथा वेपत्ता परिवारजनहरुलाइ सम्मान गरिएकाे छ । नेपाल कम्युनिष्ट पार्टिकाे कार्यालयमा भएकाे सम्मान कार्यक्रममा १८८ जना शहिद र २० जना वेपत्ता परिवारजनहरुलाइ सम्मान गरेकाे हाे ।

१० वर्षे जनयुद्धका क्रममा शहादत प्राप्त गरेका शहिद र बेपत्ता भएकाहरुको परिवारजन सम्मानित भएका हुन । जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलले शहादत गरेका फागुन १४ र झापा आन्दोलनमा लागेकाहरुलाई नियन्त्रणमा लिएर सुखानीको जंगलमा हत्या गरिएको दिन फागुन २१ गते एक सातासम्मलाई शहिद सप्ताहका रुपमा मनाउने गरिएको छ ।

आज जनयुद्धको अवधिमा शहादत प्राप्त गरेका गोरखाका शहिद र वेपत्ता परिवारलाई सम्मान गरिएको हो । कार्यक्रममा नेकपाका नेता हितराज पाण्डेले शहिद र बेपत्ता परिवारलाई सम्मान गरेका हुन्। कार्यक्रममा नेकपा नेताहरु हरिराज अधिकारी, लेखनाथ न्यौपाने, कृष्ण धिताल, अमर तमु, सुशिला सिंखडा, जुद्धविलाश भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शहिद परिवारजनले सत्तामा रहँदा पार्टीले विर्सने गरेकाे भन्दै गुनासाे पाेखेका थिए । कतिपय नेताहरु पार्टि र राजनीतिकाे आडमा धन बटुल्न लागि परेका कारण शहिद र वेपत्ता परिवारजनहरु भुलेकाे हुनसक्ने बताएका थिए ।






