जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको २५ औं स्मृति दिवस जन्मस्थलमा मनाए

शनिबार, फाल्गुन १५, २०७७
0
178

बारपाकसुलिकाेट,गाेरखा । जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको २५ औं स्मृति दिवस गोरखामा मनाइएका छन् । रम्तेलको जन्मथलो जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा स्मृति सभाको आयोजना गरिएको नेकपा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिए ।

स्मृतिसभा कार्यक्रममा बोल्दै नेकपाका गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले रम्तेलको बलिदानीले वर्तमान संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता लगायतका अधिकारीहरु स्थापित भएको बताउँदै जनयुद्धले उठाएको नेपाली जनताको कर्यौ अपेक्षा अझै पनि पुरा हुन नसकेको भन्दै प्राप्त उपलब्धीको रक्षा गर्दै शहिदहरुले देखाएको बाटो बाट थप उपलब्धी प्राप्तिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले जनयुद्धको मर्म र भावना अनुसार देश अघि बढ्न नसकेको बताए  । नेता न्यौपानेले शहिदको बलिदानीलाई अबमूल्यन गर्न नहुने भन्दै नेतृत्व जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । स्मृति सभालाई नेकपाका केन्द्रीय सदस्य अमर तमु , बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट लगायतले  सम्बोधन गरेका थिए ।

२०५२ साल फागनु १४ गतेका दिन स्थानीय सूर्य ज्याेति माध्यामिक बिधालयका शिक्षक वीरबहादुर गुरुडलाई प्रहरी गिरफ्तार गरेपछि छुटाउन जाने क्रममा प्रहरीको गोली लागि ११ बर्षिय बालक दिल बहादुर रम्तेलको शहादत भएकाे थियाे । घाइते भएका रम्तेललाइ उपचारका लागि गाेरखा अस्पताल ल्याइदै गर्दा झिङ्टे भन्ने स्थानमा शहादत  भएको थियो । रम्तेल जनयुद्धका प्रथम शहिद हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here