बालकृष्ण गौतम का पाँच मनछुने मुक्तकहरु

आइतवार, फाल्गुन १६, २०७७
0
261

मुक्तक (१)
आखिर हुँदै हुँदैन यो जिन्दगीको भर गर्नुपर्छ
मनले नचाहदा नचाहदै पनि अक्सर गर्नुपर्छ
जन्जिरहरुको बाबजुद पनि पुग्नु छ गन्तव्यमा
महोदय मनले हार्नु हुन्न यो सफर गर्नुपर्छ

मुक्तक (२)
फूल हो हाम्रो जीवन एकदिन झरेर जानुछ
जन्मिएपछी यस धर्तीमा केही गरेर जानुछ
भजन हरिकीर्तन साथै सेवामा मन लगाई
यहाँ सत्कर्म गरि भवसागर तरेर जानुछ

मुक्तक (३)
कहिले आउलान् खोइ सुनौलो बिहानी मेरो
दु:खै दु:खमा सकिने भयो जिन्दगानी मेरो
कसरी रमाउनु मैले हजुर भनिदिनुस्
सधैँ बगिरहन्छ यी आँखाबाट पानी मेरो

मुक्तक (४)
अरुमा होइन आफैँमा भर पर्छु अब
तन मन लगाएर संघर्ष गर्छु अब
सकारात्मक सोचबाट अगाडि बढेर
मेरो जीवनमा सुन्दर रङ्ग भर्छु अब

मुक्तक (५)
देश बनाउँछु भन्थे आफ्नै भुँडी भर्नु रैछ
सोझा जनता झुटो आश्वासनमा पर्नु रैछ
हो गलत व्यक्तिलाई ओहोदामा पुर्याइयो
उबेला विश्वास गरियो खास नगर्नु रैछ

बालकृष्ण गौतम                                               हेटौंडा 12 रमन्टार                                              हाल कतार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here