गाेरखा । गोरखा नगरपालिका वडा नम्वर ४ फिनामका ४८ वर्षका दिवाकर बानियाँले घर नजिकैको रुखमा झुण्डिएर सोमवार बिहान आत्महत्या गरेका हुन् । उनी नेकपाको गोरखा नगर कमिटिका सदस्य रहेका थिए ।
साविक नेकपा एमालेका तर्फबाट गोरखा नगरपालिका वडा नम्वर ४ को वडाध्यक्षका उम्मेद्वार पनि रहेका बानियाँ नेकपाभित्रको विवादपछि भने पार्टी गतिविधिमा खासै सक्रिय नरहेको उनका राजनीतिक सहकर्मीहरुले बताएका छन् ।
शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ ।






