८७ वर्षका देवकाेटा १३ वर्षिय बालिका जवरजस्ती प्रकरणमा पक्राऊ

सोमवार, फाल्गुन १७, २०७७
0
184

फागुन १७, गोरखा । १३ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा गोरखाका ८७ वर्षका बृद्ध पक्राऊ परेका छन् । गण्डकी गाऊँपालिका वडा नम्वर ४ फुजेलको सिमलखण्डका केदारप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडित परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार देवकोटाले फागुन १५ गते बालिकालाई बाख्रा चलाउन गएको बेला जवरजस्ती करणी गरेका हुन् ।

फागुन १६ गते परिवारले प्रहरीमा दर्ता गराएको जाहेरीका आधारमा पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बृद्धविरुद्ध जिल्ला अदालत गोरखामा जवरजस्ती करणी मुद्धा दर्ता गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै १४ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा आरुघाट गाऊँपालिका ६ का २६ वर्षाक काशिराम सुनार पक्राऊ परेका छन् । उनले स्थानीय बालिकालाई बिहेको प्रलोभन देखाई फागुन ८ गते आफ्नो घर लगेर पटक पटक करणी गरेको बालिकाका परिवारले प्रहरीमा दर्ता गराएको जाहेरीमा उल्लेख गरिएको छ ।

सुनारलाई सोमवार पक्राऊ गरि जवरजस्ती करणी मुद्धामा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here