गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रत्येक घरमा खानेपानी धारा निर्माण अभियान छ : मन्त्री थापा मगर

सोमवार, फाल्गुन १७, २०७७
0
370

मनकामना,गाेरखा । गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका घर घरमा खानेपानी धारा जडान गर्ने अभियान सञ्चालन गरिररहेकाे बताएका छन् । स्वास्थ्य, खानेपानी , शिक्षा र कृषिलाइ प्राथमिकतामा राखेर सरकारले काम गरिररहेकाे उनले बताए ।  शहिद लखन गाउँपालिका वडा नं २ स्थित को बेतेनी गाउँमा घर घर खानेपानी धाराको   उद्घाटन कार्यक्रमलाइ सम्बाेधन गर्दै मन्त्री थापाले साे कुरा बताएका हुन ।  बेतिनि लिफ्टिङ खानेपानी तथा सरसफाई आयोजना मार्फत बेतिनि गाउँका एक सय १६ घरमा खानेपानीको सुविधा पुर्‍याईएको छ ।

गाउँबाट  डेढ घन्टाको पैदल दुरीमा रहेको मुहानबाट लिफ्टिङ गरेर ल्याईएको पानी ५० हजार लिटर क्षमताको टयांकीमा संकलन गरी घर घरमा वितरण गरिएको हाे । एकबर्ष अघिबाट निर्माण सुरु भएको आयोजना निर्माण सम्पन्न भएसँगै बेतिनि गाउँका बासिन्दालाई एक गाग्री पानीका लागि घन्टौ कुर्नुपर्ने बाध्यता हटेको वडा सदस्य सकुन थापा मगरकाे भनाइ छ ।
गाउँको धारामा बाह्रैमहिना पानी नआउँदा स्थानीय बासीन्दालाई एक घन्टा टाढाको धारामा पुग्नुपर्ने बाध्यता थियो । अब जुनसुकै बेलापनि पानी प्रयोग गर्न पाईने भन्दै स्थानीय बासीन्दा खुसी भएका छन् । स्थानीय महिलाहरु पानीको प्रयोग गरेर ब्यबसायीक तरकारी तथा फुल खेती गरेर आयआर्जन बढाउने सोचमा पनि रहेका छन् ।

उपभोक्ता समितिले न्युनतम ५ युनिटसम्म पानी प्रयोग गर्नेलाई मासिक ३ सय ५० रुपैयाँ शुल्क निर्धारण गरेको छ। यसमाथि पानी उपभोगका आधारमा शुल्क लिने तय भएको छ । आयोजनाको दिगोपनाका लागि मर्मत सम्भार कोष बनाएर २ जना हेरालु पनि राखिएको छ । तुलसी मेहेर युनेस्को क्लब तथा शहिद लखन गाउँपालिकाको करीब ९७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाका लागि स्थानीय बासीन्दाले श्रमदान पनि गरेका थिए ।

खानेपानी लिन जान लाग्ने समयमा घरकाे अन्य काममा लगाउन पाउने भएकाले दैनिकी सहज भएकाे स्थानीय निर्मला थापाकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here