गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्त र आईओएमका नेपाल प्रमुख लोरेनाले संयुक्त रुपमा भबन उद्घाटन गरेका हुन् । उक्त भबन उद्घाटन लगत्तै आइओएमले गोरखा नगरपालिकालाई हस्तान्तरण गरेको छ । ‘ भवनलाइ नगरपालिकाले बैठक, सेमिनार, बिपद्का बेला सेल्टरको रुपमा पनि प्रयोग गर्न सक्ने गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए । गोरखा नगरपालिका क्षेत्र भित्र बिपद् आईपर्दा गर्नुपर्ने उद्धार, राहत लगायतका काममा भबन प्रयोग हुने उनले बताए ।
आइओएमले उक्त भबन निर्माण सँगै नगरपालिकालाई बिपद् ब्यवस्थापन गर्न चाहिने सामग्री पनि प्रदान गरेको छ । भबन उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष देवीबहादुर बस्नेत, आईओएमका नेपाल प्रमुख लोरेना र नगरप्रमुख पन्तले धारणा राखेका थिए ।







