अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्याे

शनिबार, फाल्गुन २२, २०७७
0
173
साँकेतिक तस्वीर

मुग्लिन, २२ फागुन । मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक दुर्घटना भएको छ। उक्त सडकखण्ड अन्तरगत पर्ने भरतपुर महानगरपालिका २९ सिमलतालमा आज बिहान करिब साढे ८ बजेतिर ट्रक दुर्घटनामा परेको हो।

आर जे ०१ जि बि ७८१५ भारतीय टेलरले बोकेर ल्याउदै गरेको सामान बा ३ क २६६८ नम्बर ट्रकमा खसेपछि उक्त दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका हवल्दार राजकुमार कोइरालाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परि नेपाली ट्रकका चालक घाईते भएका छन्। घाईतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ। उक्त दुर्घटना पछि राजमार्ग अवरुद्ध भएको थियो। अवरुद्ध राजमार्ग करिब १ घण्टा पछि सूचारु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here